हप्ता दिनमै बिग्रीयो डोटीको पिसिआर मेसिन

577

झलक पाली
यहि भाद्र २ गते सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेको जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको पिसिआर मेशिन हप्ता दिन नपुग्दै बिग्रीएको छ ।
शनिबार बेलुकी साढे ५ बजेतिर पिसिआर प्रयोगशालाको बायो सेफ्टी क्याबिनेटमा एक्कासी धुवाँ निस्किएपछि विद्युतीय समस्या भएकाले सबै मेशिनहरु बन्द रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश ठकुल्लाले बताए ।
बिग्रीएको मेशिन मर्मतका लागि आइतबार मध्यान्ह १२ बजेतिर बायो मेडिकल इन्जिनियर जय साउँद जिल्ला अस्पतालमा पुगेर काम गरिरहेको पनि डा. ठकुल्लाले जानकारी दिए । इन्जिनियर साउँदले काम गरिरहेकाले कतिबेलासम्म मेशिन बन्छ भन्ने बारेमा अहिल्यै भन्न नसकिने उनले बताए ।
कोरोना भाईरस परीक्षणको दायरा बढाउन सुदूरपश्चिम प्रदेश सरकारले डोटीमा स्थापना गरेको पिसिआर प्रयोगशालामा दुइ दिनमा करिब ३ सय वटा स्वावको परीक्षण गरिएकोमा १९ जनाको नतिजा पोजेटिभ आएको छ ।
डोटीमा परीक्षण गर्ने गरी संकलन गरिएका अछामका र डोटीका स्वावहरु भने धनगढी पठाइएको अस्पताल श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.