स्वास्थ्य कार्यालय डोटीद्वारा जिप्रका डोटीलाई ९ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

1,039

चैत्र १६, डोटी ।

स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई ९ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको छ ।
सवारी चालकहरुलाई चेकजाँच गर्नका लागि र विभिन्न घटनाहरुमा मादक पदार्थ सेवनबारे थाहा पाउन सहयोग पुगोस् भन्ने उद्धेश्यले स्वास्थ्य कार्यालय डोटी प्रमूख रमेश मलासीले जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक दान बहादुर मल्ललाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ हस्तान्तरण गरेका हुन् ।
‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेकोमा स्वास्थ्य कार्यालयलाई धन्यवाद दिंदै प्रहरी उपरिक्षक मल्लले ति मेशिनहरु जिल्लाका विभिन्न क्षेत्रमा आवश्यकताका आधारमा उपयोगमा ल्याइने बताए । जिल्लामा प्रहरीलाई ति मेशिनको अभाव भएकै समयमा प्राप्त भएकोमा ठूलो सहयोग पुगेको मल्लले बताए ।
यसका साथै प्रहरीलाई विभिन्न खालका प्रविधिको आवश्यकता पर्ने भएकाले सुरक्षालाई प्रविधिकरण गर्न आफु पनि लागिरहेको प्रहरी उपरिक्षक मल्लले बताए ।

यस पूर्व चैत्र १२ गते सडक दुर्घटना न्यूनिकरण तथा महामारी नियन्त्रणका लागि डोटीको जोरायल गाउँपालिका वडा नं. २ बुडरमा स्थापना गरिएको हेल्थ डेस्कलाई पनि २ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको र एक थान स्वास्थ्य कार्यालयमै राखिएको जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.