डोटीमा जेसिबीले सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर एक पुरुषको ज्यान गयो

600

बैशाख १०, डोटी ।
डोटीमा जेसिबीले सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर एक पुरुषको ज्यान गएको छ ।
सायल गाउँपालिका वडा नम्बर ६ रौकल्लाका वर्ष ४५ का नरी साउँदको ढुङ्गा लागेर ज्यान गएको हो ।
खातिवडा-चिचकाट्टे-दल्लेख सडक निर्माणका क्रममा सु प्र प ०१००१ क १५३६ नम्बरको जेसिबीले सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर साउदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता ईन्द्र बहादुर मल्लले जानकारी दिए ।
जेसिबीका चालक कैलालीको गोदावरी नगरपालिका अत्तरीया बस्ने वर्ष २२ का शेर जोरा रहेको जनाइएको छ ।
घटनाको विस्तृत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी इन्स्पेक्टर रविन चन्द नेतृत्वको टोली घटना स्थल पुगेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.