डोटीमा ट्राफिक प्रहरीको ‘खोइ मास्क’ अभियान
बैशाख १६, डोटी ।
सवारी क्षेत्रमा काम गर्ने ट्राफिक प्रहरीले डोटीमा कोरोना भाईरस नियन्त्रणका क्षेत्रमा समेत काम गर्न थालेको छ ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण दोश्रो चरणमा फैलिईरहेको अवस्थामा आम नागरिकलाई सचेतना फैलाउन ट्राफिक प्रहरीले ‘खोई मास्क’ अभियान सञ्चालन गरिरहेको हो ।
मास्क नलगाएका सवारी चालक, यात्रामा सवार मानिसहरु, बजारमा हिंडडुल गरिरहेका मानिसहरुलाई लक्ष्यित गरी ‘खोई मास्क’ अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी नायब निरिक्षक अशोक खड्काले बताए ।
ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा सञ्चालन गरिरहेको सो अभियान अन्तरगत स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गर्न परामर्श, प्ले कार्ड प्रदर्शन, माइकिङ्ग लगाएतका क्रियाकलापका माध्यमबाट सचेतना फैलाउने काम भईरहेको जनाईएको छ ।

डोटीमा बैशाख महिनाको ५ देखि १५ गतेसम्ममा ८१ जना मानिसहरुमा कोरोना भाईरस संक्रमण देखा परेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमूख उद्धब बहादुर ठगुन्नाले जानकारी दिएका छन् ।