डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने तयारी
बैशाख २०, डोटी ।
डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने तयारी भएको छ ।
कोभिड-१९ जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न उक्त सिफारिस गरेको जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐरले जानकारी दिए ।
पछिल्लो समयमा नयाँ भेरियन्स सहितको कोरोना भाइरसको संक्रमण बढेसङ्गै डोटीमा पनि त्यसको असर परेको छ ।
बैशाख ५ देखि यता डोटीमा १ सय ७३ जनामा कोरोना संक्रमण देखिईसकेको छ ।
आज सोमबार मात्रै ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।