डोटीको पूर्वीचौकी २ मा वडा सदस्यको निधन
टेक ‘विवश’ साउँद
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. २ बगलेकका वडा सदस्य कलादेवी ओलीको निधन भएको छ ।
बगलेकको तल्लो रिखडा गाउँमा घर भएकी ३९ वर्षिय वडा सउदस्य ओलीका सोमबार बिहान निधन भएको वडा नं. २ का वडा अध्यक्ष योगेन्द्र ठकुल्लाले जानकारी दिए ।
लिभर (कलेजो) मा आएको समस्याका कारण वडा सदस्य ओलीको मृत्यु भएको अध्यक्ष ठकुल्लाले जानकारी दिए ।
वडा सदस्यको निधन भएपछी गाउँपालिकाले आज सार्वजनिक विदा दिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए ।
मृतक ओलीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सहित शोक वक्तव्य जारी गरी गाउँपालिकाले सार्वजनिक विदा दिएको हो ।
मृतक ओलीको सोमबार नै स्थानीय समाधिस्थल साझघाटमा अन्त्यष्टी गरिने जनाईएको छ ।