प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् गठन, यस अघिका सबै मन्त्री दोहोरिए
बैशाख ३१, डोटी ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।
को को अटाए मन्त्रीमण्डलमा ?
१. केपी शर्मा ओलीः प्रधानमन्त्री तथा रक्षा मन्त्रालय
२. इश्वर पोखरेलः उपप्रधानमन्त्री (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय)
३. राम बहादुर थापाः गृह मन्त्रालय
४. टोप बहादुर रायमाझीः उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
५. विष्णु पौडेलः अर्थ मन्त्रालय
६. प्रदीप ज्ञवालीः परराष्ट्र मन्त्रालय
७. हृदयश त्रिपाठीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
८. लेखराज भट्टः उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय
९. कृष्णगोपाल श्रेष्ठः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
१०. प्रभु शाहः शहरी विकास मन्त्रालय
११. भानुभक्त ढकालः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१२. मणीचन्द्र थापाः खानेपानी मन्त्रालय
१३. पद्मा अर्यालः कृषि तथा पशुपंक्षी मन्त्रालय
१४. वसन्त कुमार नेम्वाङः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१५. गौरिशंकर चौधरीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
१६. पार्वत गुरुङः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
१७. डा. शिवमाया तुम्बाहाम्फेः भूमी व्यवस्थापन, शहकारी तथा गरिवी निवारण मन्त्रालय
१८. लिलानाथ श्रेष्ठः कानुन मन्त्रालय
१९. गणेशसिंह ठगुन्नाः संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
२०. प्रेम आलेः वन तथा वातावरण मन्त्रालय
२१. जली कुमारी महतोः महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
२२. दावा लामा (तामाङ): युवा तथा खेलकुद मन्त्रालय
राज्यमन्त्रीहरुः
१. नवराज रावतः स्वास्थ्य राज्यमन्त्री
२. रामवीर मानन्धरः शहरी विकास राज्यमन्त्री
३. बिमला बिकः उद्योग राज्यमन्त्री