डोटीमा वन मन्त्री आलेद्वारा निजि लगानीमा ५० लाख बढीका स्वास्थ्य सामाग्री हस्तान्तरण

784

जेठ १०, डोटी ।

वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले व्यक्तिगत लगानीमा सोमबार डोटीमा करिब ५० लाख बढीका स्वास्थ्य सामाग्री सहयोग हस्तातरण गरेका छन् ।
मन्त्री आलेले जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटै स्थानीय तह, नेपाल प्रहरी, शसस्त्र प्रहरी, पत्रकार र शिक्षक समेतलाई गरी झण्डै ५० लाखभन्दा बढीका सामाग्री सहयोग प्रदान गरेको वन मन्त्री आलेका प्रमूख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

May be an image of one or more people, people standing and outdoors
जिल्ला अस्पताल डोटीलाई ३० थान अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सेन्टे«टर, ३० हजार मास्क, १० लिटर सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
त्यस्तै स्वास्थ्य सेवा विभागले पठाएका स्वास्थ्य सामाग्रीहरु १५ थान अक्सिजन सिलिण्डर, एक सय थान रेम्डिसिभर, एक सय थान एण्टिजीन किट, १२ थान बेड, २० थान पीपिई सेट पनि मन्त्री आलेले जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीलाई हस्तान्तरण गरेका छन् ।

May be an image of one or more people, people standing and outdoors
यसैगरी डोटीका ९ वटै स्थानीय तहहरुलाई ५ थान अक्सिजन सिलिण्डर, ५ हजार मास्क, २ थान बेड र जिल्लाका ६५ वटै वडालाई २ हजारका दर सर्जिकल मास्क प्रदान गरेका हुन् । ति सामाग्रीहरु सम्बन्धीत स्थानीय तहका प्रमूख तथा प्रतिनिधीहरुले बुझेर सोमबार नै लगिसकेका छन् ।

May be an image of Bhim Bohara, standing and text that says 'दन्त इकाई S REDM NOTE9 PRO NAJARONLINE.COM'
यसैगरी कोरोना महामारीका बेलामा पनि अग्रपंक्तिमा रहेर जनतालाई सुसूचित गर्ने पत्रकारहरुका लागि भन्दै २ हजार, नेपाल प्रहरीका लागि २ हजार, शशस्त्र प्रहरीका लागि २ हजार र शिक्षकहरुका लागि २ हजारका दरले सर्जिकल मास्क समेत प्रदान गरेको वन मन्त्री आलेको सचिवालयले जनाएको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासी, पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी, बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिला, जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेण्डेन्ट कृष्ण जोशीले सहयोगका लागि वन मन्त्री आलेलाई धन्यवाद ज्ञापन गरेका दिए ।

May be an image of one or more people and people standing
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधीहरु, स्वास्थ्य शाखाका प्रमूख तथा प्रतिनिधी, प्रमूख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमूख एवं प्रतिनिधी, स्वास्थ्यकर्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
मन्त्री आलेले सुदूरपश्चिमको सबैभन्दा बढी बिरामी चाप रहेको सेती प्रादेशिक अस्पताललाई पनि अक्सिजन सिलिण्डर, मास्क लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
गत वर्ष पनि उनले डोटीमा १२ लाख बराबरका स्वास्थ्य सामाग्रीहरु व्यक्तिगत लगानीमा सहयोग प्रदान गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री आलेले नेपाल सरकार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिम्मेवार भएर लागिरहेको बताए ।
साथै कोभिड रोकथामका लागि अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमूख राम बहादुर ऐरले वन मन्त्री ज्यूको सहयोगले जनताका सच्चा जनप्रतिनिधीको अनुभूति भएको बताए ।
साथै कोरोना नियन्त्रणमा सबैले सचेत भएर बस्नुपर्ने उनले जोड दिए ।

हेर्नुहोस् केहि थप तस्वीरहरु :

May be an image of 1 person, standing and sitting

May be an image of one or more people and people standing

May be an image of 1 person and standing

May be an image of one or more people, people standing and text that says 'REDMI NOTE PRO NAJARONL INE.'May be an image of one or more people and people standingMay be an image of one or more people, people standing and outdoorsMay be an image of one or more people and people standingMay be an image of 1 person, standing and outdoorsMay be an image of 1 person and standingMay be an image of one or more people, people standing and outdoors

Leave A Reply

Your email address will not be published.