डोटी जिल्ला अस्पतालको आइसोलेशनमा भर्ना बिरामीलाई इडिसीले २१ दिनसम्म खाना खुवाउने

855

जेठ ११, डोटी ।

डोटीमा क्रियाशील गैह्र सरकारी सँस्था सम विकास केन्द्र (इडिसी) नेपालले जिल्ला अस्पताल डोटीको आइसोलेशनमा भर्ना भएका बिरामीहरुको सहयोगार्थ २१ दिनसम्मको खाना खर्च व्यहोर्ने भएको छ ।
आज जेठ ११ गते बिहानदेखि अस्पतालको आइसोलेशनमा भर्ना भएका बिरामीलाई खाना खुवाउन शुरु गरिएको इडिसीका कार्यक्रम संयोजक केशव परियारले नजर अनलाईनलाई जानकारी दिए । एक्शन एड नेपालसँगको सहकार्यमा COVID-19 Second Wave immediate response अन्तरगत आइसोलेशनमा भर्ना भएका संक्रमित र कुरुवाहरुको लागि समेत खानाको व्यवस्था मिलाईएको संयोजक परियारले बताए ।
जसका लागि जिल्ला अस्पताल डोटी, अस्पतालभित्र रहेको क्यान्टेन र सम विकास केन्द्र नेपालबिच सोमबार त्रिपक्षीय सम्झौता समेत भएको छ । जस अनुसार जिल्ला अस्पताललले आइसोलेशन आर्डमा भर्ना बिरामीको विवरण उपलब्ध गराएर सहयोग गर्ने, खानाको गुणस्तर सुपरिवेक्षण गर्ने, क्यान्टेन सञ्चालकले रु. ५० को बिहानको नास्ता, रु. १३० को बिहानको सादा खाना, रु.५० को दिउँसोको नास्ता र साँझको रु.१३० को सादा खाना गरी बिरामी र एक जना कुरुवा समेतको खर्च इडिसीले क्यान्टेन सञ्चालकलाई भुक्तानि गर्नेछ ।
इडिसीले जेठ ३१ गतेसम्म आइसोलेशनमा जे जति संख्यामा बिरामी आए पनि ति बिरामी र एक जना कुरुवाको खाना तथा नास्ताको खर्च व्यहोर्नेछ । केहिदिन भित्रै जिल्ला अस्पतालको ४५ वटा अक्सिजन सिलिण्डरहरु २ पटकसम्म रिफिल गरेर ९० वटा सिलिण्डर भरेवाफत हुन आउने रकम पनि इडिसीले व्यहोर्ने अस्पतालसँग समन्वय भैसकेको उक्त सँस्थाले जनाएको छ ।
उक्त सँस्थाले जिल्लामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बेला बेलामा लाखौं रकम बराबरको सहयोग गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.