डोटीमा प्रज्वलनशील पदार्थ छर्केर एक महिलालाई जिउँदै आगो लगाइयो, अवस्था गम्भीर

1,215

झलक पाली/प्रेम नेपाली
जेठ १३, डोटी ।
डोटीमा एक महिलामाथि प्रज्वलनशील पदार्थ छर्केर जिउँदै आगो लगाइएको छ ।
आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकि वर्ष २८ कि लक्ष्मी भाट आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हो । राती करिब १२:३० बजेको समयमा भाटको शरीरमा आगो लगाइएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उनको स्वास्थ अवस्था गम्भीर रहेको र उनलाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइदैछ । प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल, त्यो खुल्न नसके पनि प्रहरीको प्रारम्भिक विवरण लिएको एउटा नोट नजर अनलाइनलाई प्राप्त भएको छ । त्यसमा मट्टीतेल छर्केर आगो लगाएको उल्लेख छ ।
सन्तोष भाटकी श्रीमती लक्ष्मी पसलमा सुतेको बेला पसलको एक साईड तिर रहेको ठूलो प्वालबाट पसेर भाटको शरिरमा आगो लगाएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिको खोजि कार्य भइरहेको आदर्श गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण पछेराले जानकारी दिए ।
लक्ष्मी सन्तोष भाटकी जेठी श्रीमती रहेको र उनको
सन्तोषको बहुविवाह पनि भएको बुझिएको छ ।
लक्ष्मीबाट तीन वटा छोरी छन् । उनका श्रीमान सन्तोष से १ ज ५७९ का चालक भएको जनाइएको छ ।
घटनाको समयमा सन्तोष आफ्नो कान्छी श्रीमती सङ्ग घरमा रहेको जनाइएको छ ।
लक्ष्मी सङ्गै उनकी अढाई वर्षको छोरी अन्जु पनि साथमै रहेको र उनको स्वास्थ्य अवस्था भने खुल्न सकेको छैन ।
घटनाको विस्तृत अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्र बहादुर मल्लले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.