यो वर्ष डडेल्धुरामा सबैभन्दा बढी बजेट अमरगढी नगरपालिका र कम गन्यापधुरा गाँउपालिकामा

931

जेठ १८, डडेल्धुरा ।
नेपाल सरकारले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा डडेल्धुराका ७ वटा स्थानीय तहहरुमध्ये सबैभन्दा बढी बजेट जिल्ला सदरमुकाम समेत रहेको अमरगढी नगरपालिकामा परेको छ ।
पाँच वटा गाउँपालिकाहरु र दुई वटा नगरपालिकाहरु रहेकोे डडेल्धुरामा सबैभन्दा कम बजेट गन्यापधुरामा रहेकोे छ ।
नेकपा एमालेबाट निर्वाचित अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन) को विशेष दौडधुपका कारण अमरगढी नगरपालिकाले बढी बजेट प्राप्त गरेको हो ।
उता पुर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाकाे गृह गाउँपालिका गन्यापधुरामा भने जिल्लामै सबैभन्दा कम बजेट भएकाे छ ।
अमरगढी नगरपालिकामा नियमिततर्फ ४० कराेड ७४ लाख, स्मार्ट सिटिका लागि १ अर्ब, शहरी पुर्वाधार निर्माणका लागि २२ कराेड, रिङराेडका लागि ५० कराेड र अन्य थुप्रै शीर्षकहरुमा कराेडाैं रकम विनियाेजन गरिएकाे अमरगढी नगरपालिका प्रमुख ओझाले नजर अनलाइनलाई जानकारी दिए ।
यता गन्यापधुरा गाउँपालिकामा भने २६ कराेड २८ लाख बजेट मात्रै विनियाेजित भएको श्रोतले बताएको छ । गन्यापधुरामा नेपाली काङ्ग्रेस नेतृत्वको स्थानीय सरकार रहेकोे छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारले डडेल्धुरामा व्यवसायिक कागती खेती कार्यक्रम, सिमान्तकृतका लागि निर्माण गरिएका घर हस्तान्तरण, अमरगढी स्मार्ट सिटी, चक्रपथ निर्माण, शहरी सडक कालाेपत्रे लगाएतका महत्त्वपूर्ण कार्यक्रम समेटेको छ ।

Leave A Reply

Your email address will not be published.