डाेटीमा निषेधाज्ञा असार १० गतेसम्म थपियो (आदेश सहित)
जेठ ३१, डोटी ।
डोटीमा गत बैशाख २१ गतेबाट जारी गरिएको निषेधाज्ञा पाँचौ पटक थप गरिएको छ ।
सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) डोटीको बैठकले निषेधाज्ञा म्याद थप गरी आगामी असार १० गते राती १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
जिल्लामा कोभिड सङ्क्रमित हुनेको संख्यामा कमि आए पनि पूरै नियन्त्रणमा आईनसकेकाले निषेधाज्ञा केही खुकुलो बनाउदै असार १० गतेसम्म लम्ब्याउने निर्णय भएको हाे ।
दोश्रो चरणमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि
२०७८ बैशाख २० गतेको निर्णय अनुसार बैशाख २१ गते राती १२ अजेदेखि ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बैशाख ३० गतेको निर्णय अनुसार जेठ १ देखि १५ गतेसम्म, जेठ १४ गतेको निर्णय अनुसार जेठ १६ देखि २२ गतेसम्म र जेठ २० गतेको निर्णय अनुसार जेठ २३ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।