डोटीमा पहिरोमा परी एकको मृत्यु, दुई घाईते

768

असार २, डोटी ।

डोटीमा बुधबार पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् ।
जिल्लाको केआईसिंह गाउँपालिका वडा नंं ३ बासुदेवीको रौवा भन्ने ठाउँमा खानेपानी बनाउन गएका बेला माथिबाट खसेको पहिरोमा परी एक जनाको मृत्यु भएको र दुइ जना घाइते भएको के.आई.सिंह गाउँपालिकाका कर्मचारी डम्बर भट्टले जानकारी दिए ।
मृत्यु हुनेमा देउकाँडाका ६५ वर्षिय खडक बहादुर बम रहेका छन् । बमसँगै रहेका खानेपानी बनाउन गएका दुई बालिका घाईते छन् ।
घाईते हुनेहरुमा बासुदेवीको झिंगाबस्तीका १३ वर्षिय पुनी कुँवर र १६ वर्षिय पुजा कुँवर रहेका छन् ।
पुनीको हात भाँचिएको छ भने पुजाको टाउकोमा गम्भीर चोट लागेको जनाईएको छ ।
उनिहरुको उपचारका लागि के.आईं सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले पहल गरिरहेको बुझिएको छ ।

यस वर्ष डोटीमा पहिरोका कारण ज्यान गुमाएको यो पहिलो घटना हो ।
डोटीमा जेठ ३० गते रातीबाट निरन्तर वर्षा भईरहेको छ । वर्षातका कारण ग्रामीण क्षेत्रका अधिकांश सडकहरु प्रभावित भएका छन् ।

Leave A Reply

Your email address will not be published.