डोटीमा प्रहरीद्वारा ‘मास्क लगाऔं अभियान’ जारी

499

भाद्र ८, डोटी ।
जिल्ला प्रहरी कार्यालय डोटीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाऔं अभियानलाई निरन्तरता दिएको छ ।
अभियानका क्रममा मंगलबार डोटीको प्रमूख व्यापारिक केन्द्र दिपायलको पिपल्ला बजारमा मास्क लगाऔं अभियानका क्रममा एक कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय यातायात व्यवसायी, व्यापार व्यवसायी, सुरक्षाकर्मी, पत्रकार लगाएतको सहभागितामा सचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए ।

No description available.
विश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड–१९) को पहिलो र दोश्रो चरणको संक्रमणमा मानिसहरु बढी प्रभावित भएको र धेरैले अकालमै ज्यान गुमाउनुपरेकोमा तेश्रो चरणको संक्रमणमा मास्क लगाउने लगाएतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोनाको असर पर्न नदिन सचेतना फैलाउनका लागि कार्यक्रम आयोजना गरिएको प्रहरी उपरिक्षक मल्लले बताए ।
कार्यक्रममा डोटीका निमित्त प्रमूख जिल्ला अधिकारी किरण जोशीले सबै मानिसहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न गराउन विशेष जोड दिइन् ।

No description available.
मास्क लगाउनु आफु र अरुलाई बचाउनु भएता पनि यद्यपी पछिल्लो समयमा आम मानिसहरुले मास्कको प्रयोगलाई भने त्यति महत्व नदिएको देखिन्छ । त्यसैले समुदायमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाबारे निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ ।

No description available.

Leave A Reply

Your email address will not be published.