नेकपा (एकिकृत समाजवादी) को डोटी जिल्ला कमिटी घोषणा, अध्यक्षमा दीर्घ बोगटी

1,195

असोज ११, डोटी ।
नेकपा एमालेबाट दल विभाजन गरी माधव कुमार नेपाल नेतृत्वमा गठन गरिएको दल नेकपा (एकिकृत समाजवादी) को डोटी जिल्ला कमिटी सोमबार घोषणा गरिएको छ । नेकपा (एकिकृत समाजवादी) ले दीर्घराज बोगटीको संयोजकत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।
दिपायल सिलगढी नगरपालिकाको सभाहलमा एक विशेष कार्यक्रम आयोजना गरी सो पार्टीका केन्द्रिय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको प्रमूख आथित्यतामा डोटी जिल्ला कमिटि घोषणा गरिएको हो ।
दीर्घराज बोगटी नेकपा एमालेमा हुँदा र तत्कालीन नेकपा हुँदा जिल्ला कमिटि सचिवालय सदस्य थिए । बोगटी नेकपा एमालेबाटै वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा डोटीको पूर्वीचौकी गाउँपालिकामा निर्वाचित अध्यक्ष हुन् ।

May be an image of 9 people, including Purna Joshi, people sitting and indoor
त्यस्तै उक्त पार्टीले जानकी भट्टको संयोजकत्वमा ३७ सदस्यीय जनवर्गीय संगठन अखिल नेपाल महिला संगठनको जिल्ला कमिटि पनि गठन गरेको छ भने महेन्द्र कुँवरको संयाजकत्वमा ४१ सदस्यीय राष्ट्रिय युवक संगठनको जिल्ला कमिटी पनि गठन गरिएको नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला कमिटि सदस्य मोहन बमले जानकारी दिए ।

समतामूलक समाज निर्माणको अभियानमा पार्टीलाई नयाँ ढर्राबाट सञ्चालन गर्न आफ्नो पार्टीसँग जोडिएका जनवर्गीय संगठनलाई चुस्तदुरुस्त बनाउँदै वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गिय लगाएतका उत्पिडनको अन्त्य गर्दै शशक्त पार्टी निर्माण गरी छिट्टै परिणाम देखिने गरी काम गरिने नेकपा एकिकृत समाजवादीका नवनियुक्त संयोजक बोगटीले नजर अनलाईनसँग कुरा गर्दै प्रतिवद्धता जनाए ।

May be an image of 1 person, standing and indoor
हिजोको नेकपा एमालेले पूरानो ढर्राबाट गुज्रँदै आएकाले वैज्ञानिक समाजवादको गन्तव्यमा पूग्न नसकिने भएकाले समयसापेक्ष ढङ्गले अगाडी बढ्न नेकपा एकिकृत समाजवादी पार्टी निर्माण भएको उनले बताए ।
आफुहरुको अभियानमा जोडिन सम्पूर्ण डोटेली जनताहरुलाई संयोजक बोगटीले आह्वान समेत गरेका छन् ।
छिट्टै जिल्ला कमिटीको बैठक बसेर जिल्लाभरीमा नेकपा एकिकृत समाजवादी पार्टीले संगठन विस्तार गर्ने संयोजक बोगटीले बताए ।

May be an image of 2 people, people standing and indoor
यसैबिच सोमबार नै डोटीको सिलगढीस्थित एक निजि घरमा नेकपा एकिकृत समाजवादी पार्टीको पार्टी कार्यालय पनि उद्घाटन गरिएको छ ।
डोटीमा नेकपा एमालेबाट प्रतिनिधी सभा सदस्य प्रेम आले, संविधान सभा सदस्य बनेका सभाषद हर्क बहादुर सिंह, पूर्व सांसद मोहन बम, सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, दिपायल सिलगढी नगरपालिकाका उप–प्रमूख शिजराज खड्का लगाएत जनप्रतिनिधी एवं नेताहरु नेकपा एकिकृत समाजवादी पार्टीमा लागेका छन् ।

 

Leave A Reply

Your email address will not be published.