नेपाल कम्युनिष्ट पार्टी डोटीद्वारा जिल्ला प्रशासन अगाडी धर्ना

253

असोज १८, डोटी ।

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीले आज दशैभरीबाट सरकारलाई तीन बुँदे सहमति कार्यान्वयन गर्न भन्दै दवाव दिन विभिन्न कार्यक्रम गरेको छ । जस अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी डोटीले पनि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।
२०७७ फागुन २१ गते तत्कालीन सरकारसँग पार्टीले तीन बुँदे सहमति गरेको थियो । सहमति भएको करिब सात महिना भईसक्दा पनि बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर तत्यसको कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि धर्ना दिईएको नेपाल कम्युनिष्ट पार्टी डोटीले जनाएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले जनमत संग्रहको वातावरण तयार गर्नमा कुनै चासो नदेखाएको र त्यो विषयमा आफ्नो स्पष्ट धारणा पुष्टि गर्न पनि सरकारले नसकेको हुदा पार्टीले देशव्यापी रूपमा धर्ना कार्यक्रमको आयोजना गरेको डोटी जिल्ला सेक्रेटरी ध्रुव ओली बताए । – मुलुक न्युजबाट

Leave A Reply

Your email address will not be published.