डोटीमा ‘जोरायल गाउँपालिका स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिता–२०७८’ हुने

941

भागरथी मडै
कार्तिक १२, डोटी ।
डोटीको जोरायलमा ‘गाउँपालिका स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिता–२०७८’ आयोजना हुने भएको छ ।
शुभ दिपावलीको अवसर पारेर युनिक युथ स्पोर्टस क्लबको आयोजनामा यहि कार्तिक १५ गतेदेखि १७ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष पवन कुमार शाहुले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमलाई नगद, ट्रफी, मेडल र प्रमाण पत्र सहित सम्मान गरिने आयोजक युनिक युथ स्पोर्टस क्लबले जनाएको छ ।
जोरायल गाउँपालिकाको केन्द्रमा अवस्थित रत्न आधारभुत विद्यालयको खेलमैदानमा लिगकम नकआउट चरणमा खेल खेलाईने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जनाईएको छ ।

No description available.

Leave A Reply

Your email address will not be published.