नेकपा एकीकृत समाजवादीका नेता थापाद्वारा जोरायलको पहिरो पीडित परिवारलाई आर्थिक सहयोग

615

कार्तिक १७, डोटी ।
नेकपा एकीकृत समाजवादीका नेता महेन्द्र थापाले मंगलबार जोरायल गाउँपालिकाको एक पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म तीन दिन अविरल परेको वर्षाका कारण आएको पहिरोबाट एउटै परिवारमा ५ जनाको ज्यान गुमाएका जोरायल गाउँपालिका वडा नम्बर ४ सैगडा गाउँका हेम कामीको परिवारलाई थापाले नगद ५ हजार व्यक्तिगत सहयोग गरेका हुन् ।
पहिरोमा परीर हेम कामीका बुबा शेर बहादुर कामी सहित दुई भाइ र एक बहिनी तथा उनकी फुपुका छोरा गरेर ५ जनाको ज्यान गएको थियो ।
यसैबीच नेता थापासङ्गै कृष्ण दर्लामी, रोहित बोहरा, दान बहादुर बोगटी, पत्रकारहरु झलक पाली, शिव ओली, अमृतकुमार ओली सहितको टोलीले मंगलबार जोरायल गाउँपालिकाको बाढी पहिरो प्रभावित विभिन्न क्षेत्रमा स्थलगत अनुगमन पनि गरेको छ ।
स्थलगत अनुगमनका क्रममा देखिएको वस्तुपरक प्रतिवेदन स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारका सम्बन्धित निकायमा पेश गरि आवश्यक सहयोगका लागि पहल गर्ने जोरायल गाउँपालिका वडा नम्बर २ का वडा सदस्य समेत रहेका नेता थापाले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.