डोटीमा तरकारी अभाव, बजार मुल्य निरन्तर उकालो चढ्दै

355

टेक ‘विवश’ साउँद

भाद्र ९, डोटी ।

डोटी जिल्लामा तरकारीको अभाव देखिएको छ । जसका कारण बजारमुल्य निरन्तर उकालो लागिरहेको छ ।

साउनको अन्तिम सातासम्ममा खुद्रा मुल्य प्रति के.जि. आलु ५०, टमाटर ६०, लसुन ८०, काउली ८० र बन्दा ५० रुपैंया रहेकोमा भदौ महिना लागेसँगै क्रमशः आलु प्रति के.जि. ७०, टमाटर १४०, लसुन १२०, काउली १६० र बन्दा ६० रुपैंया मुल्यमा कारोबार भैरहेको छ ।

स्थानिय उत्पादन नभएको र छिमेकि जिल्ला डडेल्धुरा लगाएत जिल्ला बाहिरबाट आउने तरकारी नआउँदा तरकारीको अभाव संगै मुल्यमा पनि वृद्धी भएको सिलगढीका स्थानिय व्यापारी प्रकाश केसीले जानकारी दिए ।

यस विषमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईसँग बुझ्दा यो खोजिको विषय भएको र तराईका जिल्लामा निशेधआज्ञा भएका कारणले केहि असर परेको हुन सक्ने बताएका छन् ।

कोरोना भाइरसको महामारीले मारमा परेका जनता पहिलाको भन्दा तरकारिको बजार मूल्य बढ्दै गएपछि थप मारमा परेका छन् । उसै पनि बजारमा तरकारी अभाव रहेको र त्यसैमा झन मुल्य वृद्धि हुँदै गएपछि सर्व साधारण थप मारमा परेका छन् ।

Leave A Reply

Your email address will not be published.