मूख्यमन्त्री भट्टद्वारा डोटीको राजपुरमा कोल्ड चेम्बरको शिलान्यास

1,025

मंसिर ११, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ राजपुरमा शनिबार एक कार्यक्रमकाबिच कोल्ड चेम्बरको शिलान्यास गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले कृषि विकास निर्देशनालय डोटीमार्फत निर्माण गर्न गईरहेको कोल्ड चेम्बरको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरेका हुन् ।

May be an image of 5 people, people standing, outdoors and text that says 'REDMI NOTE 9PRO NAJARONLINE.COM'
कूल लागत अनुमान रकम ५५ लाख २३ हजार ५३ रुपैंया रहेकोमा इ–बिडिङ् प्रक्रियामार्फत ३५ लाख ६८ हजार ७ सय ३३ रुपैंया कबोल रकममा रही उक्त कोल्ड चेम्बर निर्माण गर्न लागिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
भैरवशक्ति निर्माण सेवा प्रा.लि. डोटीले निर्माणको जिम्मा पाएको उक्त कामका लागि गत वैशाख ८ गते सम्झौता भएको भए पनि कोरोना महामारीका कारण ढिलो गरी शिलान्यास गरिएको र आगामी पौष मसान्तभित्र निर्माण गरिसक्नुपर्ने अवधी सम्झौतामा उल्लेख छ ।
कूल २० मेट्रिक टन अर्थात २ सय क्न्टिलसम्म क्षमताको उक्त कोल्ड चेम्बर दिपायल सिलगढी नगरपालिका अन्तरगत नगर विकास समितिको जमिनमा बन्न लागेको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए ।
कोल्ड चेम्बर बनेमा सो आसपासको कृषिजन्य उत्पादन सुरक्षित रुपमा स्टोरेज गर्न निकै सहज हुने जोशीले बताए ।
May be an image of 16 people, people standing and outdoorsसुदूरपश्चिमका विभिन्न ११ वटा स्थानमा यसै प्रकृतिका कोल्ड चेम्बरहरु निर्माण गर्न लागिएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए ।
सुदूरपश्चिमको हकमा कृषिबाट नै समृद्धी ल्याउन सकिने सम्भावना भएकाले प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको उनले बताए ।
जस अनुसार प्रदेशभरीका ८८ वटै स्थानीय तहमा मुख्यमन्त्री विशेष कृषि कार्यक्रम लागु भईरहेको र उपलब्धी पनि भईरहेको उनको दावी छ ।
कृषिमा आवश्यक पर्ने भौतिक विकास गर्नुपर्ने जिम्मेवारी सरकारको भएकाले त्यसमा आफुहरु लागिरहेको तर उत्पादनमा भने किसानहरु लाग्नुपर्नेमा उनले जोड दिए ।
हाललाई बन्न लागेको कोल्ड चेम्बर ट्राइल स्वरुप भएकाले आवश्यकता महशुस भएमा थप क्षमताको कोल्ड स्टोर निर्माण गर्न सकिने उनले बताए ।
तर किसानहरुले परम्परागत कृषि शैलीभन्दा माथि उठेर व्यवसायिक कृषि कर्ममा लाग्न पनि उनले सबैलाई आग्रह गरे ।
May be an image of 9 people, people standing and outdoorsकोल्ड चेम्बर निर्माणका सामाग्रीहरु भारत र चीन लगाएत बाहिरी देशबाट खरिद गरी ल्याउनुपर्ने भएकाले काम गर्न कठिनाई रहेको भैरवशक्ति निर्माण सेवाका सञ्चालन शिव खड्काले बताए ।
यद्यपी निर्धारित समयमै काम सम्पन्न गर्ने गरी काम अगाडी बढाइने उनले बताए ।

May be an image of 17 people, people standing, crowd and outdoorsMay be an image of 9 people, people standing and outdoorsकोल्ड चेम्बरको शिलान्यासपछि मुख्यमन्त्री भट्टले के भने ? यो लिङ्कमा क्लिक गरी सुन्नुहोला- https://www.facebook.com/100002287357144/videos/pcb.4681879551898244/444078730640043

 

Leave A Reply

Your email address will not be published.