डोटीमा काँग्रेस, माओवादी र समाजवादी त्यागेर ७७ जना एमाले प्रवेश
फाल्गुन २, डोटी ।
डोटीमा नेकपा एमाले दिपायल सिलगढी नगर कमिटिले आयोजना गरेको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलामा नगरपालिकाभित्रका विभिन्न वडाका ७७ जना एमाले प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी परित्याग ७७ जना एमाले प्रवेश गरेको नेकपा एमाले दिपायल सिलगढी नगरपालिका कमिटिका अध्यक्ष कर्ण बहादुर बिष्टले जानकारी दिए ।
एमाले प्रवेश गरेकालाई एमाले पोलिट ब्युरो सदस्य गौरी ओली, एमाले डोटी अध्यक्ष चक्र मल्ल, उपाध्यक्ष मञ्जु मलासी लगाएतले टिका लगाएर एमालेमा स्वागत गरेका छन् ।
एमालेले दिपायल सिलगढीका सबै वडामा निर्वाचन लक्ष्यित कार्यक्रम गर्दै
यसैगरी नेकपा एमालेले दिपायल सिलगढी नगरपालिकाका ९ वटै वडामा निर्वाचन लक्ष्यित कार्यक्रम गर्ने भएको छ ।
विस्तारित बैठकबाट तय भएको कार्यक्रम तालिका अनुसार यहि फाल्गनु ५ गते वडा नं. १ को मगलेक उच्च माध्यमिक विद्यालय नजिक बिहान ८ बजे, सोहि दिन दिउँसो १ बजे वडा नं. २ को एअरपोर्टमा, फाल्गुन ६ गते बिहान वडा नं. ३ को दिल्पेश्वर मठमा र सोहि दिन दिउँसो १ बजे वडा नं. ४ को सेती सभाहलमा कार्यक्रम गरिनेछ ।
यसैगरी फाल्गुन ७ गते बिहान ८ बजे वडा नं. ५ मा र सोहि दिन दिउँसो वडा नं. ६ को दिपायल सिलगढी नगरपालिकाको हलमा, त्यस्तै फाल्गुन ८ गते बिहान ८ बजे वडा नं. ९ को वडा कार्यालय नजिकै र सोहि दिन दिउँसो १ बजे वडा नं. ७ को वडा कार्यालय नजिकै रातोलीमा तथा फाल्गुन ९ गते मध्यान्ह १२ वडा नं. ८ को सुनादेवी उच्च माध्यमिक विद्यालय प्राङ्गणमा कार्यक्रम गरिने एमाले नगर कमिटिले जनाएको छ ।
