शिक्षक महासंघ पुर्वीचौकीको दोस्रो अधिवेशन सम्पन्न, खड्का नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन

768

भागरथी मडै
फाल्गुन १५, डोटी ।
शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ पुर्वीचौकी गाउँपालिका स्तरीय स्थानीय समितिको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट शिक्षक गोपाल खड्काको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत चयन गरिएको छ ।
पुर्वीचौकी गाउँपालिकाको केन्द्र सानागाउँमा सम्पन्न अधिवेशनबाट चयन भएको समितिको सह-अध्यक्षमा खगेन्द्र सिं ठकुल्ला, उपाध्यक्षमा गणेश बहादुर साउँद, सचिवमा क्षेत्र बहादुर खड्का एवं सह-सचिवमा द्वय देवराज पन्त र मयाश्वरी धामी रहेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा उदय बटाला, शेर बहादुर कुँवर, भीम बहादुर ओली, भुवनेश्वरी जोशी, गोमा बडैला, जङ्ग बडैला गणेश बहादुर कुँवर, हर्क बहादुर खड्का र बिस्ना डौडी रहेको नवनिर्वाचित समितिका सचीव क्षेत्र बहादुर खड्काले जानकारी दिए ।
कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधिहरु, नेपाल शिक्षक महासंघका विभिन्न नेतागणहरु, विभिन्न शिक्षक संघसंगठनका नेतागणहरु तथा शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको सहभागिता रहेकोे थियोे ।

Leave A Reply

Your email address will not be published.