पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो (हेर्नुस् विज्ञप्ती सहित)
फाल्गुन १९, डोटी ।
नेपाल आयल निगमले विहीबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमको सञ्चालक समितिको बिहीबारको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको निगमका सह-प्रवक्ता पुष्कर कार्कीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
काठमाडौको निगमको १५ किलोमिटर आसपासको क्षेत्रमा अब पेट्रोलको मुल्य १५० र डिजेल तथा मट्टीतेलको मुल्य १३३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।
पेट्रोलियम पदार्थको यो मूल्य हालसम्मकै उच्च हाे ।
नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाको पालामा छोटो अवधिमा लगातार पेट्रोलियम पदार्थको मुल्य वृद्धि भैरहेको छ ।
यसअघि फाल्गुन ७ गते मात्रै निगमले मूल्य बढाएको थियो ।