पुनः हेमराज जोशीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ डोटीको दोश्रो अधिवेशन सम्पन्न

1,019

फाल्गुन २१, डोटी ।
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल डोटीको दोश्रो अधिवेशन शनिबार दिपायलमा सम्पन्न भएको छ । अघिल्लो कार्य समिति अध्यक्ष रहेका हेमराज जोशीको अध्यक्षतामा पुनः नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
सर्वसम्मत चयन भएको २१ सदस्यीय समितिको उपाध्यक्षमा खडक बिक र शशिशर्मा जोशी, सचीवमा चक्र बहादुर साउद, कोषाध्यक्षमा प्रेम बहादुर बोगटी र सह-सचिवमा अविरल खाँती चयन भएका छन् भने बाँकी सदस्य रहेका छन् ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं एमाले डोटीका सचिव शेर बहादुर मल्लले राष्ट्रिय स्वास्थ्यकर्मी संघ लगाएतका जनसंगठनहरु पार्टीको लागि अभिन्न अङ्ग भएकोले पार्टी र जनववर्गीय संगठनहरुबिच सुमधुर समन्वय हुन जरुरी रहेकोे बताए ।
त्यस्तै स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० का लागि मिति तोकिएको अवस्थामा पार्टीको पक्षमा जिम्मेवार भएर लाग्न उनले आग्रह गरे । यसबीचमा पार्टी कठिन अवस्थामा गुज्रिएको भए पनि अहिले एउटा लयमा फर्किसकेकाले चुनाव जितेका ठाउँमा समन्वयात्मक र नजितेका ठाउँमा रणनीतिक रूपमा संगठनलाई परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यस्तै एमाले डोटीका उप-सचिव कृष्ण कुमार खड्काले आफ्नै पार्टीभित्रबाट आफ्नै समर्थक कर्मचारीहरु पेलानमा पर्दै आएकोले यस्ता व्यवहार सच्याउन जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ डोटीका निवर्तमान वरिष्ठ उपाध्यक्ष राजु खड्काले राजनीतिक कारणले र व्यक्तिगत कारणले कसैले दवावमा राख्न चाहे पनि आफुहरु विचार मारेर बिचलित नहुने दृढता व्यक्त गरिन ।
आफुलाई दोस्रो कार्यकाल पनि राष्ट्रिय स्वास्थ्यकर्मी संघ डोटी जिल्ला कार्य समितिको नेतृत्व गर्ने जिम्मेवारी दिने सम्पुर्णलाई धन्यवाद दिदै राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष जोशीले संगठनलाई चलायमान बनाउन सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.