डोटी बोगटान फुड्सिलको दुवातल गाउँ सिल

1,128

कर्ण चन्द
भाद्र १०, डोटी
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ४ सात्फरीको दुवातल गाउँ सिल गरिएको छ ।
भारतबाट आएका एक युवामा कोरोना भाईरस भएको पुष्टी भएपछी दुवाताल गाउँ सिल गरिएको वडा अध्यक्ष दिपबहादुर बमले बताएका छन् । संक्रमित युवा गाउँका व्यक्तिहरुको सम्पर्कमा आएका कारण गाउँ सिल गर्नु परेको वडा अध्यक्ष बमले बताए ।
दुवातल गाउँबाट बाहिर र बाहिरबाट दुवातल गाउँमा आवात जावत नगर्नका लागी वडा कार्यालयले सूचना जारी गरेको छ । दुवातल गाउँ सिल गरेसंगै पिसिआर परीक्षणका लागी तयारी भईरहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।
अध्यक्ष गड्सिलाले भने,–‘हामी अब ती व्यक्तिको सम्पर्कमा आएका मानिसको ट्रेसिङ गर्नेछौँ, सोही अनुसार परिक्षणको कार्य अघि बढाईने छ ।’
भारतबाट आएका युवा घरमै भएपनी परिवारका सदस्यहरुसँग अन्य गाउँका व्यक्तिहरु सम्पर्कमा आएका कारण गाउँलाई सिल गरेर परिक्षणको काम गरिने वडा अध्यक्ष बमले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.