जोरायलमा जारी मत गणनामा एमालेको अग्रता
बैशाख ३१, (जोरायल) डोटी
शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत डोटीको जोरायल गाउँपालिकामा जारी मत गणनामा एमालेको अग्रता देखिएको छ ।
शुक्रबार राति १ बजेदेखि शुरु भएको मत गणना वडा नम्बर १ बाट शुरू गरिएको थियो ।
जम्मा १५७८ मतदाता रहेको वडा नम्बर १ मा जम्मा खसेको मत ११४५ रहेको छ ।
जसमध्ये ३०५ मत गणना हुँदा गाउँपालिका अध्यक्षमा सूर्यमा १४१ मत, रुखमा ७६ मत र कलममा ६७ मत प्राप्त भएको छ भने २१ मत बदर भएको छ ।
त्यस्तै उपाध्यक्षमा सूर्यमा १५२ मत, रुखमा ८६ मत, हसिया हथौड़ामा ३५ मत प्राप्त भएको छ भने ३२ मत बदर भएको छ ।
वडा नम्बर १ को वडा अध्यक्षमा पनि एमालेले अग्रता लिएको छ ।
वडा अध्यक्षमा सुर्यमा १६५ मत, रुखमा ९३ मत, कलममा २४ मत र हलोमा ९ मत प्राप्त भएको छ भने २३ मत बदर भएको छ ।
त्यस्तै महिला सदस्य, दलित महिला सदस्य र खुल्ला दुइ जना सदस्यहरुमा पनि सुर्य चिन्हमा करिब समान मतको अग्रता कायम रहेकोे छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा वडा नम्बर १ मा नेपाली काङ्ग्रेसले जितेको थियो भने जोरायल गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।
दुइ वटा मत गणना स्थलमा मतगणना भैरहेको छ । केहिबेर अघिदेखि वडा नम्बर २ को मतगणना पनि शुरू भैसकेको छ ।
यद्यपि मतगणनाको परिणाम बाहिर आएको छैन ।