राष्ट्रिय पानी दिवस : सिलगढी खानेपानीका ग्राहकलाई प्रति युनिट ५ रुपैंया छुट

411

जेठ २२, डोटी ।
आज राष्ट्रिय पानी दिवस र विश्व वातावरण दिवस डोटीको सिलगढीमा पनि मनाईएको छ ।
सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति डोटीको आयोजनामा नाचन्थलीदेखि शैलेश्वरी मन्दीर परिसरसम्म बजार सफाई गरी दिवस मनाईएको हो ।
दिवसको अवसर पारी सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले आफ्ना ग्राहकहरुलाई प्रति युनिटको महशुलमा रु. ५ छुट गरिएको समितिका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिए ।

No description available.
यद्यपी समितिको नियमानुसार प्रत्येक वर्ष प्रति युनिट १० प्रतिशत महशुल वृद्धि गर्दै जाने प्रावधान रहेको सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका कार्यालय प्रमूख रामचन्द्र धामीले बताए । प्रत्येक आर्थिक वर्षको श्रावण महिनाबाट उक्त वृद्धि महशुल कार्यान्वयन हुने गर्दछ ।
दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दिपायल सिलगढी नगरपालिका प्रमूख बाजी सिं खड्काले खानेपानी व्यवस्थापनका लागि नगरपालिकाले सक्दो काम गर्ने प्रतिबद्धता जनाए ।
‘पानी जीवन हो’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पानीको बहुउपयोगलाई ध्यानमा राखी जिल्लाकै मुटु अर्थात सदरमुकाम रहेको दिपायल सिलगढीलाई ‘शीर’ को संज्ञा दिंदै यो शीरलाई स्वच्छ राख्नुपर्नेमा उनले जोड दिए । शीर सिलगढी नै स्वस्थ नरहे शरीर अर्थात जिल्लाभरी राम्रो हुन नसक्ने उनले बताए ।
हालको पानीको श्रोतको मुहान संरक्षण र सरसफाईका साथै निर्माणधिन गैरागाउँ–सिलगढी बृहत खानेपानी योजनालाई पनि छिटो पूरा गरी त्यसबाट पनि विद्युत उत्पादन समेत गरेर सिलगढी–खप्तड केवलकार सञ्चालन गर्न सकिने उनको तर्क थियो ।

May be an image of 12 people, people standing and outdoors
त्यस्तै दिपायल सिलगढी नगरपालिका उप–प्रमूख कल्पना साउँदले दिवसका अवसरमा गरिएको सरसफाई कार्यक्रमबाट स्थानीयबासीलाई सन्देश दिन खोजिएकोमा सबैले वातावरणीय सरसफाईमा जोड दिनुपर्ने बताईन् ।
यसै गरी दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले आफु भर्खरै निर्वाचित भएर आएको हुँदा लगत्तै सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति, दिपायल सिलगढी नगरपालिका, खानेपानी र वातारवरण सरसफाईका क्षेत्रमा क्रियाशील संघसँस्थाहरुबिच समन्वयात्मक बैठक बसी खानेपानी व्यवस्थापन र वातावरणीय सरसफाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे योजना बनाउने आफ्नो सोच रहेको बताए ।

स्वच्छ खानेपानी पिउनाले मानिसमा झण्डै ८० प्रतिशत रोगहरु नलाग्ने अध्ययनले देखाएको हुँदा सबैले यसमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

May be an image of 2 people and outdoors
सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगर प्रमूख बाजी सिं खड्का, उप–प्रमूख कल्पना साउँद र वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीलाई टिका, माला तथा खादा ओढाएर बधाई तथा सम्मान पनि गरेको थियो ।

May be an image of 4 people and people standing
सरसफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधी, सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका पदाधिकारी तथा कर्मचारी, जिल्ला प्रहरी कार्यालयका प्रहरीको टिम, पत्रकारहरुको सहभागिता रहेको थियो ।

No description available.

Leave A Reply

Your email address will not be published.