डोटीमा काठे साँगो (पुल) बाट सेती नदिमा खसेर एक महिलाको मृत्युु

225

असार २, डोटी ।
डोटीमा काठे साँगो (पुल) बाट सेती नदिमा खसेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-६ बस्ने रलु खडायतकी १८ वर्षिया छोरी ढुल्लु अधिकारीको काठको पुलबाट खसेर मृत्यु भएको हो ।
बिहिबार बिहान आदर्श ६ गिरिचौकाको बबिनादेखि सिगास गाउँपालिका बैतडी साङडामा रोपाई गर्न जाने क्रममा पुलबाट खसेर मृत्यु भएको स्थानीय बिरबहादुर थापाले जानकारी दिए ।  उनको शव पुल नजिकै फेला परेको छ ।
गत वर्ष कार्तिकमा परेको अविरल वर्षाका कारण आदर्श–६ गिरिचौका र बबिना जोडने सेती नदी माथी रहेको झोलुङ्गे पुल बगाएपछि अस्थायी रुपमा बनाएको काठको पुलबाट खसेर अधिकारीको मृत्यु भएको हो ।
दुइ जिल्लाका सिमानामा बस्ने स्थानीयलाई दिनहुँ प्रयोग गर्नुपर्ने बाटोमा बनाइएको झुलङगे पुल नदिले बगाएपछि स्थानीयलाई नदी वारपार गर्न निकै कठिनाइ भएको छ ।

Leave A Reply

Your email address will not be published.