जोरायल गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत

884

असार १०, (जोरायल) डोटी ।
डोटीको जोरायल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
जोरायल गाउँपालिकाको शुक्रबार सम्पन्न १२ औं अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष जमुना बोहराले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।
जस अनुसार गाउँपालिकाले स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता तथा समावेशीकरण, उर्जा विद्युत तथा सञ्चार वन, वातावरण तथा विपद व्यवस्थापन, पूर्वाधार विकास, युवा तथा रोजगारी पर्यटन प्रवर्धन, सँस्थागत विकास, सेवा प्रवाह र सुशासन, कृषि विकास, पशु सेवा, खानेपानी तथा सरसफाई र कानुन तथा मानव अधिकारलाई प्राथमिकीकरण गरी नीति तथा कार्यक्रममा समेटेको छ ।
त्यस्तै उपाध्यक्ष बोहराले रु. ५८ करोड ६३ लाख ८६ हजारको आ.व. २०७९/०८० को आय–व्यय सहितको बजेट वक्तव्य पनि प्रस्तुत गरेकी छन् ।
आयतर्फ संघीय सरकारबाट मूल्य अभिवृद्धि कर बाँडफाँडबाट प्राप्त हुने रकम रु १० करोड ३३ लाख ६१ हजार, संघीय वित्तीय सामानीकरण अनुदानबाट प्राप्त हुने रु १० करोड ३४ लाख, संघीय समपूरक अनुदान रु ६० लाख, संघीय विशेष अनुदान रु १ करोड ३० लाख, सुदूरपश्चिम प्रदेश सरकार सवारी साधन कर बाँडफाँडबाट प्राप्त हुने रु ३२ लाख ५६ हजार, प्रदेश वित्तीय सामानीकरण अनुदान रु ७० लाख ९० हजार, प्रदेश समपुरक अनुदान रु १७ लाख २९ हजार, प्रदेश विशेष अनुदान रु २५ लाख, गाउँपालिकाको आन्तरिक आय रु ३८ लाख ५० हजार र आल् वर्षको नगद मौज्दात रु ५० लाख गरी कूल ५८ करोड ६३ लाख ८६ हजार आय अनुमान गरिएको छ ।
त्यस्तै व्ययतर्फ गाउँपालिकाका ६ वटै वडा समितिको चालु तथा पूँजीगत कार्यक्रममा रु ३ करोड ३२ लाख १० हजार, विषयगत शाखाहरुको चालु तथा पूँजिगत कार्यक्रममा रु ४ करोड, पैदेश र संघीय समपू्रक तथा विशेष कार्यक्रममा रु २ करोड ३२ लाख २९ हजार, गाउँ कार्यपालिका प्रशासनिक खर्च रु ९ करोड ५० लाख ८५ हजार, कार्यालयको पूँजिगत खर्च रु ५५ लाख, गाउँपालिका चालु तथा पूँजिगततर्फका कार्यक्रममा रु ५ करोड २१ लाख ६२ हजार, संघीय सरकारबाट हस्तान्तरित सशर्त अनुदान रु ३३ करोड ७२ लाख गरी कूल ५८ करोड ६३ लाख ८६ हजार व्यय अनुमान गरिएको छ ।
बजेटका प्राथमिकताहरु हेर्दा पहिलोमा कृषि क्षेत्रको रुपान्तरण, दोश्रोमा गाउँपालिका, निजि र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्वमा वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण तेश्रोमा नवप्रवर्तनमा आधारित स्थानीय विकास, चौथोमा पूर्वाधार विकास, पाँचौमा ग्रामीण विद्युतिकरण, छैटौंमा पर्यटन क्षेत्रको पुनरुत्थान रहेका छन् ।
त्यस्तै सातौंमा वातावरण संरक्षण, विपद व्यवस्थापन तथा जलवायु परिवर्तनका लागि जोखिम न्यूनिकरण, आठौंमा प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन र नवौंमा दीगो विकासलाई प्राथमिकीकरण गरिएको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमाथि बैठकमा उठेका सवालमाथि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संवोधन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.