एमालेले डोटीका सबै पालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गर्दै

833

साउन १६, डोटी ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीले जिल्लाका ९ वटै पालिकाहरुमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आइतबार सिलगढीमा बसेको एमाले डोटी जिल्ला कमिटीको बैठकले सबै पालिकाहरुमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय सहित प्रशिक्षणको मिति समेत तोकेको छ ।
जस अनुसार यही साउन १९ गते दिपायल सिलगढी नगरपालिकामा, साउन २५ गते बडिकेदार गाउँपालिकामा, २६ गते जोरायल गाउँपालिकामा, २८ गते शिखर नगरपालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गरिने एमाले डोटीका सचीव शेर बहादुर मल्लले जानकारी दिए ।
त्यस्तै भाद्र ३ गते आदर्श गाउँपालिकामा, ४ गते सायल गाउँपालिकामा, ५ गते पूर्वीचौकी गाउँपालिकामा, ६ गते के.आई.सिंह गाउँपालिकामा र ८ गते बोगटान फुड्सिल गाउँपालिकामा कार्यक्रम गरिने उनलेे बताए ।
नेकपा एमालेले बोकेको विचार, सिद्धान्त, दृष्टिकोण र रुपान्तरणका विषयमा पार्टीका आम नेता, कार्यकर्ता र समर्थकहरुमाझ प्रशिक्षण अति आवश्यक रहेकोेमा नेकपा एमाले जोरायल गाउँपालिका कमिटी अध्यक्ष तीर्थराज भण्डारीले जोड दिए ।
यसका साथै एमालेको केन्द्रिय कमिटीको निर्णय अनुसार आगामी भदौ १५ गतेभित्र नेकपा एमालेका सम्पूर्ण सङ्गठित सदस्यहरुले अनिवार्य रूपमा सदस्यता नविकरण गर्न एमाले डोटीका अध्यक्ष चक्र मल्लले सबैलाई आग्रह गरेका छन् ।
एमाले डोटीले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम आइतबार सिलगढीमा सम्पन्न गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.