“कुनै पनि घटनाबारे डाइरेक्ट मलाई कल गर्नुस्, तुरुन्तै प्रहरीले कारवाही गर्छ” – एसपी धमला

832

साउन २३, डोटी ।
डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद धमलाले पत्रकारहरुले जानकारी पाएका कुनै पनि घटनाबारे डाइरेक्ट आफुलाई फोन कल गर्न आग्रह गर्दै तुरुन्तै प्रहरीले कारवाही अगाडि बढाउने बताएका छन् ।
भर्खरै जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख भएर आएका एसपी धमलाले सोमबार जिप्रकामै आयोजित पत्रकारसँग परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनलेे भने -“मेरो अरु टिमलाई भनिराख्नुपर्दैन, कुनै पनि घटनाबारे डाइरेक्ट मलाई कल गर्नुस्, तुरुन्तै प्रहरीले कारवाही गर्छ ।”
घटनाको यथार्थ लोकेशन (घटना स्थल) को सकिन्छ भने लाइभ (प्रत्यक्ष) भिडियो सहित जानकारी दिन आग्रह गर्दै जानकारी दिने व्यक्तिको श्रोत गोप्य राखिने बताए ।
पत्रकारसँग परिचयात्मक कार्यक्रम गरेर चिनजान गर्नुका साथै आफुलाई काम गर्न सजिलोका लागि सुझाव सङ्कलन गर्ने पनि आफ्नो उद्देश्य रहेको बताए ।
कार्यक्रममा सहभागी डोटीका पत्रकारहरुले संचार माध्यममा आएका कुरालाई प्रहरीले चासोकासाथ लिइदिनुपर्ने, विभिन्न घटनाबारे सूचना आदानप्रदान सहज र प्रभावकारी बनाइनुपर्ने,
जिल्लामा मदिराको व्यवस्थापनमा प्रहरीले सक्रिय भुमिका खेल्नुपर्ने, सवारीसाधनमा यात्रु ओभर लोड राख्दा हुनसक्ने जोखिम न्यूनीकरणका लागि कडाइका साथ लाग्नुपर्ने, सरकारी सवारीसाधनको दुरुपयोग नियन्त्रणमा लाग्नुपर्ने,
प्रहरीले गरेका कामहरूको सार्वजनिकीकरण गर्नुपर्ने, मिडियासङ्गको समन्वय र सहकार्य नियमित र सुमधुर कायम राख्नुपर्ने लगाएतका सवाल उठाएका थिए ।
कार्यक्रममा एसपी धमलासङ्गै, प्रहरी नायब उपरीक्षक (डिएसपी) भोला भट्ट, प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवेन्द्रराज जोशी लगाएतको सहभागिता रहेकोे थियो ।
कार्यक्रम संचालन महिला, बालबालिका तथा जेष्ठ नागरिक सेल, दलित सेल इन्चार्ज असइ राम नाथले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.