दार्चुला जीप दुर्घटनाः मृतक ५ जनाको पहिचान खुल्यो (नामसहित)

396

भाद्र १, डोटी ।
दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरुको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् ।
गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से१ज ५५१ नम्बरको जीप आज दिउसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।
यस्तै दुर्घटनामा परेर मालिकार्जुन ३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै दुर्घटनामा परेर मालिकार्जुन ३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । – दिनेश खबरबाट

Leave A Reply

Your email address will not be published.