कार्तिक २६ गते एमाले अध्यक्ष केपीशर्मा ओली दिपायल आउने

593

कार्तिक २१, डोटी
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली डोटीको दिपायल आउने भएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देश दौडाहमा रहेका ओली कार्तिक २६ गते दिपायल आउन लागेका हुन् ।
अध्यक्ष ओलीले २६ गते दिपायलमा आयोजना हुने चुनावी कार्यक्रमलाई बिहान ११ बजे सम्बोधन गरेर सोही दिन दिउँसो २ बजे कैलालीको अत्तरिया र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिए ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवार लगाएत एमालेका नेता कार्यकर्ता र शुभचिन्तकहरु गाउँ-गाउँ केन्द्रित भएको भए पनि दिपायलमा आयोजना हुने चुनावी सभामा अध्यक्ष ओली आउने भएपछि दिपायल केन्द्रित भएर कार्यक्रमको तयारी गरिने एमाले डोटी सचीव शेर बहादुर मल्लले जानकारी दिए ।
अध्यक्ष ओली यसपूर्व कार्तिक १८ गते मात्रै सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरमा आयोजित चुनावी सभालाई एकै दिन सम्बोधन गरेर फर्किएका थिए ।

Leave A Reply

Your email address will not be published.