डोटीका मुटुरोगी कैलाशलाई आर्थिक अभावले उपचारमा समस्या
मंसिर १२, डोटी
डोटीको केआईसिंह गाउँपालिका वडा ६ भाटीगाउँका मुटुरोगी कैलाश भाट आर्थिक अभावले उपचार गर्न समस्यामा परेका छन् । काठमाण्डौं स्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रमा उपचाररत २७ बर्षिय भाटलाई आर्थिक अभावले समस्या भएको हो ।
उनको मुटुको भल्भ फेर्नु पर्ने चिकित्सकले सल्लाह दिएको उनका आफन्त तप्तराज भट्टराईले नजर अनलाइनलाई बताए ।
काठमाण्डौमा लामो समय बसेर औषधि उपचार खर्च धान्न आफुलाई निकै कठिनाइ भएको बिरामी भाटले दु:खेसो गरेका छन् । उनलाई चिकित्सकले यही मंसिर ११ गते अस्पताल भर्ना हुन भने पनि आर्थिक अभावले भर्ना हुन नसकेको उनले बताए ।
उनलेे आफ्नो जीवन रक्षाका लागि जो कोहि सहयोगदाता सङ्ग अपील गरेका छन् । सहयोगका लागि उनको नाममा एनएमबि बैंक दिपायल शाखामा रहेको खाता नम्बर ०१८०१७९७७७००००१२ मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरेका छन् । उनलाई मोबाईल नम्बर ९८६२४७९६८२ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।