मुख्यमन्त्री भट्टसहित मन्त्रालयका कर्मचारी सबैको कोरोना रिपोर्ट निगेटिभ

203

भाद्र १२, धनगढी । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कोरोना रिपोर्ट निगेटिभ आएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा आज गरिएको परिक्षामा उनको कोरोना रिपोर्ट निगेटिभ आएको हो ।

मुख्यमन्त्री भट्टसहित उनको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत कर्मचारीहरुको विहीवार स्वाब संकलन गरिएको थियो । यसअघि मुख्यमन्त्रीको सचिवालयका सवारी चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट लगायत निजी सचिवालयका कर्मचारी र परिवार निवासमै एकान्तवासमा थिए ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार मुख्यमन्त्री कार्यालयवाट हिजो लिइएका स्वाब मध्ये चार जनाको परिक्षण बाँकी भएपनि मुख्यमन्त्री सहित निवास सुरक्षाकर्मी, सचिवालय र मन्त्रालयका कर्मचारी सबैको रिपोर्ट निगेटिभ आएको मन्त्रालयका सूचना अधिकारी जगदीश जोशीले जानकारी दिए ।

– www.sudurawaj.com बाट

Leave A Reply

Your email address will not be published.