डोटीको जोरायल गाउँपालिकाले बाल विवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण गर्दै

309

भागरथी मडै/पुस ८, (जोरायल) डोटी
डोटीको जोरायल गाउँपालिकाले बाल विवाह अन्त्यका लागि स्थानीय रणनीतिक योजना निर्माण गर्ने भएको छ ।
बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति कार्यान्वयन गर्न स्थानीय रणनीतिक योजना निर्माण गर्न लागेको जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् ।
जोरायल गाउँपालिका र युनिसेफको साझेदारीमा संचालित बाल संरक्षण कार्यक्रमको सहयोगमा उक्त स्थानीय रणनीतिक योजना निर्माण गर्न लागिएको बाल संरक्षण कार्यक्रम अधिकृत डम्मर बहादुर बोहराले जानकारी दिए ।
जसका लागि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षतामा गाउँकार्यपालिका टिम, कर्मचारी र सहजकर्तासहितको कार्यशाला गोष्टि समेत विहीबार सम्पन्न गरिएको उनलेे बताए ।
स्थानीय रणनीतिक योजनाको मस्यौदा निर्माण अधिवक्ता झंकर कुँवरले निर्माण गर्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.