भुकम्पबाट बाजुरामा एक महिलाको मृत्यु

298

माघ १०, डोटी ।
बाजुरामा गएको भूकम्पसँगै भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।
बाजुराको गौमुल गाउँपालिका–२ कि जमुना रोकायाको स्थानीय जंगलमा घाँस काट्ने क्रममा भूकम्पले जमीन हल्लाउँदा माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको जनाइएको छ ।
आज मंगलबार दिउँसो २:४३ बजे बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा केही घरहरु भत्काएको प्रहरीले जनाएको छ ।
त्यस्तै गौमुल गाउँपालिका-१ अम्लिशमा भुकम्पकै कारण पहिरो जाँदा ४०/५० भन्दा बढि भेडा च्याङ्ग्रा पुरिएर बेपत्ता भएको कलाकार बिनोद बाजुरालीले सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।
एकातिर मौसममा आएको खराबी र अर्कोतिर भुकम्प आएसङ्गै फोन नेटवर्क समेत प्रभावित हुँदा क्षतिकि विस्तृत विवरण संकलन गर्न समेत कठिनाइ भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.