राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता आज

228

फाल्गुन १३, डोटी ।

राष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिंदैछ ।

मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ ।

यही फाल्गुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएपछि त्यसअघि नै राष्ट्रपतीको निर्वाचन गर्न लागिएको हो ।

राष्ट्रपति निर्वाचनसँगै दलहरूबिच नयाँ गठबन्धन बनेको छ । आठ राजनीतिक दलहरूले निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका हुन् ।

गठबन्धनले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उता पुस १० गते बनेको राजनीतिक समीकरणका आधारमा नेकपा एमालेले राष्ट्रपति पाउने सहमति अनुसार एमालेले पनि राष्ट्रपतीको उम्मेदवार बनाउने बताउदै आएको छ ।

तर वर्तमान सरकारको प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

पुस १०

को समीकरण तोड्दै नयाँ समीकरण बनाएका छन् ।

Leave A Reply

Your email address will not be published.