‘छाउपडीका नाममा महिलाहरुलाई लाग्ने देवता गाउँपालिकालाई लागुन’ – अध्यक्ष ओझा

1,109

फाल्गुन २६, डोटी ।
डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले ‘छाउपडीका नाममा महिलाहरु र सबै मानिसलाई लाग्ने देवता गाउँपालिकालाई लागुन’ भन्दै सबै महिला दिदिबहिनीहरु र आम मानिसहरुलाई छाउपडी जस्ता अन्धविश्वास त्याग्न आग्रह गरेका छन् ।
जोरायल गाउँपालिका वडा नं. ६ निरौलीको बगिडा गाउँमा हिजो विहीबार आयोजित बाल विवाह, लैङ्गिक हिंसा, अन्धविश्वास र छाउपडी अन्त्यका लागि समुदाय स्तरीय कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

Возможно, это изображение 10 человек, люди стоят и на открытом воздухе
अध्यक्ष ओझाले भने–‘महिला महिनाबारी भएपछि सुरक्षित घरभित्र बस्दा, पोषिलो खानेकुरा गर्दा देविदेवता लाग्ने भन्ने अन्धविश्वास हो, यस्ता कुरिती, कुसँस्कारको अन्त्य गर्नुपर्छ । यस्ता अन्धविश्वास हटाउनु हाम्रो सरकारी कार्यक्रम हो । लाग्ने भए देविदेवता हामी स्थानीय सरकार गाउँपालिकालाई देविदेवता लागुन ।’ उनले थप भने–‘जोरायलका अन्य केहि गाउँमा गोठहरु पनि छन् । तपाईंहरुको गाउँमा पनि केहि समस्या छ । अब आजकै मितिबाट सुधार गर्न लाग्नुपर्छ ।’
अध्यक्ष ओझाले छाउपडी प्रथामा सुधार ल्याउने परिवारलाई गाउँपालिकाले पुरस्कृत गर्ने र छाउपडी मान्ने परिवारका लागि सेवासुविधामा प्राथमिकता नदिइने पनि बताए ।Возможно, это изображение 2 человека и люди стоят

कार्यक्रममा बोल्दै जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले तुलनात्मक हिसाबले छाउपडी प्रथाका कारण पुरुषभन्दा पनि महिलाबाटै महिला बढी समस्यामा पर्ने गरेको देखिएको बताईन् । छाउपडी जस्ता परम्परागत अन्धविश्वास हटाउन कानुनी व्यवस्था गरिएका भए पनि गरिबी, अशिक्षा, चेतनाको कमी र कानुनी कडाई हुन नसकेका कारण अँझै हट्न नबताईन् ।
कार्यक्रमका अध्यक्ष एवं सो वडाका अध्यक्ष गणेश बहादुर बोहराले आफ्नै गाउँमा छाउपडीका समस्या कायमै रहेकोमा जसरी पनि सुधार गर्न आम समुदायलाई आग्रह गर्दै आफु पनि अहिलेको अवस्था सुधारमा प्रतिवद्ध रहेको बताए ।Возможно, это изображение 3 человека, люди стоят и текст «REDMI NOTE 9 PRO NAJARONLINE.COM»
कार्यक्रममा सामुदायिक विकास मञ्च (सिडिएफ) डोटीका कार्यक्रम संयोजक गिरीराज पाठकले सहभागिहरुबिच समुदायमा वर्तमान सामाजिक अवस्थाबारे छलफल गराउनुका साथै बाल विवाह, लैङ्गिक हिंसा, छाउपडी प्रथाबारे कानुनी व्यवस्था बारे छोटकरीमा जानकारी गराएका थिए ।
जोरायल गाउँपालिकाले बाल विवाह अन्त्यका लागि रणनीतिक योजना तयार पारिसकेको र छाउपडी प्रथा, लैङ्गिक हिंसा जस्ता सामाजिक विभेद हटाउन पालिकाभरि नै विभिन्न खालका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बाल संरक्षण कार्यक्रम अधिकृत डम्बर बोहराले जानकारी दिए ।
युनिसेफको सहयोगमा जोरायल गाउँपालिकाद्वारा मष्टा आधारभूत विद्यालय बगिडामा आयोजित कार्यक्रममा मिना बोहरा, टेकेन्द्र बहादुर छेडाल, इश्वर सिं छेडाल, सुरेन्द्र बोहरा, अनिता भण्डारी, दल बहादुर बोहरा लगाएतले मन्तव्य राख्दै सामाजिक अन्धविश्वास हटाउन सबैले आफु अनि घरपरिवारबाट शुरुवात गर्नुपर्नेमा साझा धारणा व्यक्त गरेका थिए ।
विभिन्न सास्कृतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा सो वडाको भौगोलिक रुपमा पनि दुर्गम क्षेत्र अनरकट्टे–दह–सिस्मडा सडक यथाशिघ्र निर्माण गर्न र मष्टा आधारभुत विद्यालय बगिडामा आइसिटीको व्यवस्था गरिदिनका लागि छुट्टाछुट्टै ज्ञापन पत्र पनि पेश गरेका थिए ।
ज्ञापन पत्र बुझिसकेपछि प्रतिक्रिया दिंदै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले विकासका अधुरा अपुरा काम प्राथमिकता रहेको बताउँदै बजेटको सिमितताका कारण ढिलाई भैरहेको बताए ।Возможно, это изображение 8 человек, люди стоят и на открытом воздухеВозможно, это изображение 4 человека, люди стоят, люди сидят, дерево и небоВозможно, это изображение 3 человека, люди сидят, люди стоят, небо и дерево

Leave A Reply

Your email address will not be published.