खप्तडमा घोडा दौड प्रतियोगिता : बझाङका अजय रावल प्रथम

1,106

सुबास नेपाली
जेष्ठ १५, डोटी ।
सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा घोडा दौड प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
भोलि जेठ १६ गते अर्थात शुक्ल पक्ष दशमी तिथिमा लाग्ने गंगा दशहरा मेलाका अवसरमा भएको घोडा दौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम भएका छन् ।
सुदूपश्चिम प्रदेश खेलकुद परिषद कैलाली र डोटी उद्योग वाणिज्य संघको आयोजना तथा नेपाली सेनाको व्यवस्थापनमा संचालन भएको उक्त प्रतियोगितामा बझाङकै पदमराज पाध्य द्वितीय भए भने बझाङकै जिवन शाही तृतीय भएका छन् ।
जम्मा १२ जना प्रतियोगी रहेकोमा प्रथम, द्वितीय र तृतीय हुने विजयी खेलाडीहरुलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.