खप्तडमा आयोजित खुल्ला भलिबलको उपाधी साँफेबगर नगरपालिकालाई

775

सुबास नेपाली
जेष्ठ १६, डोटी ।
गंगा दशहरा मेलाको अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा भएको खुला भलिबल प्रतियोगिताको उपाधि साँफेबगर नगरपालिकाले हात पारेको छ।
सुदूपश्चिम खेलकुद परिषद कैलाली र डोटी उद्योग वाणिज्य संघ डोटीको आयोजना तथा नेपाली सेनाको व्यवस्थापनमा संचाललित उक्त प्रतियोगितामा खप्तड राष्ट्रिय निकुन्जको टिमलाई २५-१७,२५-२३ र २५-१९ को सेटमा पराजित गर्दै साँफेबगर नगरपालिकाले उपाधी हात पारेको हो।
सुदूरपश्चिमका ४ जिल्लाका १६ टिमको सहभागीता रहेको प्रतियोगितामा खप्तड राष्ट्रिय निकुञ्जले दोस्रो र खप्तड मध्यवर्ती व्यवस्थापन समितिले तेस्रो स्थान हासिल गरेको छ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमश : ५० हजार, ३० हजार र २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ।
खप्तडमा गङ्गा दशहरा मेलाको अवसर पारेर यस वर्ष विभिन्न प्रतियोगिता संचालन गरिएकोमा अरु प्रतियोगिता सम्पन्न भएका छन् भने भोलि जेठ १७ गते खुल्ला म्याराथन प्रतियोगिता संचालन हुनेछ ।

Leave A Reply

Your email address will not be published.