एक हजार बढी गीत गाइसकेकी गायिका शोभा थापा सम्मानित

1,172

झलक पाली
जेष्ठ १८, डोटी ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा जन्मिएर गीतसँगीतका क्षेत्रमा काठमाण्डौलाई कर्मथलो बनाएकी गायिका शोभा थापा सम्मानित भएकी छन् ।
राष्ट्रिय सङ्गीतकर्मी संघ काठमाण्डौले यसै साताको सोमबार आयोजना गरेको ‘राष्ट्रिय स्रष्टा सम्मान तथा बृहद सांस्कृतिक कार्यक्रम’ मा उनि सम्मानित भएकी हुन् ।
नेपाली गीत, सँगीत, कला, सँस्कृति संरक्षण, संवद्र्धन र विकासमा खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्दै विभिन्न विधाका करिब दुइ दर्जन गीतसँगीतकर्मीहरुलाई सम्मान गर्ने क्रममा गायिका थापा पनि सम्मानित भएकी हुन् ।
उनलाई कार्यक्रमका प्रमूख अतिथी एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय सँगीतकर्मी संघका अध्यक्ष निरेन श्रेष्ठले खादा तथा सम्मान–पत्रले सम्मान गरेका हुन् ।Нет описания.

यस्तो छ गायिका थापाको सँगीत यात्रा
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–४ गुदुखातीमा बुबा लाल सिं र आमा मिनाको कोखबाट २०४३ चैत्र ५ मा जन्मिएकी गायिका थापा १८ वर्षको कलिलो उमेरमै २०६१ सालदेखि गीतसँगीत क्षेत्रमा लागेकी हुन् । डेउडा गायक ध्वज महरासँग ‘हरिया छन् कि मेला’ गीतमा पहिलो पटक उनले स्वर भरेकी हुन् ।
त्यसयता उनले हालसम्म १ हजार भन्दा बढी गीतमा स्वर भरिसकेको बताईन् ।
विशेष गरी बढीजसो डेउडा गीतहरुमा स्वर भरेकी थापाले लोक दोहोरी, तीज गीत लगाएत सबै खालका गीतहरु गाएकी छन् ।
उनले गायन यात्राकै क्रममा वि.सं.२०६६ सालमा धादिङ्का विजय थापामगरसँग विवाह गरिन् । दुइ छोरा र एक छोरी सहित उनको हाल काठमाण्डौ बलम्बुमा बसाई छ । उनले समाजशास्त्रबाट २०७५ सालमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन् ।
काठमाण्डौ महानगरपालिका–३२, घट्टेकुलोमा लामो समयदेखि उनी र उनका श्रीमानले विशेष डिजिटल रेकर्डिङ् स्टुडियो समेत सञ्चालन गर्दै आईरहेका छन् ।Нет описания фото.
गीतसँगीत मानिसको जीवनमा दुःखसुख साट्ने माध्यमका साथै आफ्नो सभ्यता, पहिचान र सँस्कृति झल्काउने माध्यम पनि भएको उनको बुझाई छ ।
जीवनका उर्वर वर्षहरु गीतसँगीतमै व्यतित भएकाले आगामी जीवन पनि यसै क्षेत्रमा खर्चिने उनी बताउँछिन् ।

Нет описания.

Leave A Reply

Your email address will not be published.