पदम खड्का नेतृत्वमा अखिल नेपाल किसान महासंघ डोटीको ४३ सदस्यीय कमिटी गठन

316

जेठ ३१, डोटी ।
नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघ डोटीको अध्यक्षमा पदम खड्का सर्वसम्मत चयन भएका छन् । हिजो मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट खड्का नेतृत्वमा ४३ सदस्यीय जिल्ला कमिटी गठन भएको नेकपा एमालेका उप–सचिव कृष्णकुमार खड्काले जानकारी दिए ।
कमिटीको उपाध्यक्षमा देव बहादुर रनेनी र पार्वती भण्डारी बोगटी, सचिवमा केशव चुनारा, कोषाध्यक्षमा देव बहादुर बलायर, उपसचिवमा गगन रोकाया र तेज बहादुर बिष्ट रहेको एमाले डोटी सचिव शेर बहादुर मल्लले बताए ।
त्यस्तै सदस्यहरुमा सुन्तलीदेवी कोली, मैना धामी भण्डारी, लोग बहादुर साउँद, सिता बिष्ट, जङ्ग बिष्ट, डम्मरा साउँद, बल बहादुर ओली, हेमराज भण्डारी, देव बहादुर बलायर, गौरी महरा, ढुण्डीराज जोशी, पदम दाहाल, लाल नेपाली, तारा विक रहेका छन् ।
त्यसैगरी भुपेन्द्र ओली, गगन रावत, डिल बहादुर ऐर, बिस्ना विक, पदमा मगर, सुरेश विक, पदम बोहरा, भावना घर्ती, एकम डसाल, योगेश सापकोटा, मिन बहादुर सिंह, अमर बहादुर सिंह, पार्वती जोशी, सुरेश बहादुर चन्द र डम्मरलाल रेग्मी पनि सदस्य रहेका छन् ।
के.आई.सिंह गाउँपालिकाबाट ३ जना सदस्य र मनोनित गर्ने ४ जना सदस्यहरु पछि थप गरिने अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य एवं डोटी इञ्चार्ज कृष्ण दर्लामीले बताए ।

Возможно, это изображение 7 человек, люди улыбаются и текст
अधिवेशनमा अखिल नेपाल किसान महासंघका केन्द्रिय महासचिव बाबुराम थापा, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य नेपलु चौधरी, एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघका सुदूरपश्चिम प्रदेश संयोजक भीम जनाला, एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघका स्थायी कमिटी सदस्य गंगुदेवी खडायत, एमाले प्रदेश कमिटी सदस्य नारद मलासी, एमाले प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिव तारा खाती, एमाले डोटी उपाध्यक्ष मञ्जु मलासी, सचिव शेरबहादुर मल्ल, उपसचिव कृष्णकुमार खड्का लगाएतका विभिन्न नेता कार्यकर्ताहरुर सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
सिलगढीस्थित शैलेश्वरी गेष्ट हाउसको हलमा सम्पन्न अधिवेशबाट नयाँ बनेको कमिटीले संगठनलाई मजबुद बनाएर लैजाने प्रतिबद्धता जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.