सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दै

274

असार १, डोटी ।

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्ने भएको छ। सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश शाहीले दिउँसो ४ बजे ३२ अर्ब बढीको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ।
संघीय सरकारले दिने अनुदान बजेट कटौती गर्नुका साथै प्रदेशको राजश्व सङ्कलनमा कमी आएको कारण आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा घट्ने देखिएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ बजेट ल्याएको थियो । यस पटक भने बजेट ३२ अर्ब रुपैयाँको हाराहारीमा मात्रै आउन सक्ने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.