दिपायल सिलगढीद्वारा गैरागाउँ–सिलगढी खानेपानी आयोजनामा २ करोड २० लाख अनुदान सहयोग घोषणा

1,972

असार २, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाले एउटै खानेपानी आयोजनामा २ करोड २० लाख अनुदान सहयोग घोषणा गरेको छ ।
जिल्ला सदरमुकाम सिलगढीको लागि सञ्चालित गैरागाउँ–काडामाण्डौ–सिलगढी खानेपानी आयोजनाका लागि उक्त सहयोग गर्ने एक कार्यक्रम आयोजना गरी घोषणा गरेको हो ।
सिलगढीको गीता पुस्तकालयको प्राङ्गणमा आयोजित अनुदान रकम घोषणा कार्यक्रममा प्रमूख अतिथीका रुपमा बोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमूख बाजी सिं खड्काले जनताको पैंसा जनताकै लागि खर्च गर्न लागिएको बताए । एकै वर्षमा नभएर क्रमागत रुपमा खर्च हुनेगरी उक्त अनुदान रकम प्रदान गरिने उनले बताए ।

Нет описания.
यसैगरी कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका उप–प्रमूख कलावती महर साउँदले उक्त खानेपानी आयोजनाबाट नगरपालिकाका विशेषगरी वडा नं. ६, ७ र ५ का बासिन्दाहरु लाभान्वित हुने बताईन् ।
निर्माण सम्पन्न भई सञ्चालनमा आईसकेको उक्त आयोजनामा ट्रिटमेन्ट प्लान निर्माण, पाइपलाइन व्यवस्थापन लगाएतमा खर्च गर्न नगरपालिकाले २० प्रतिशत म्याचिङ्ग फन्डका रुपमा व्यहोर्नुपर्ने सम्झौता छ । सोही रकम व्यवस्थापन गरी अनुदान घोषणा गरेकोमा नगरपालिकालाई र मुहानबाटै खानेपानी उपलब्ध गराएकोमा पूर्विचौकी गाउँपालिकाका बासिन्दालाई दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले धन्यवाद व्यक्त गरे ।

Нет описания.
राणाकालमा बहादुर शमशेरको पालामा कबि १ सय २० वर्ष पहिले दिपायल सिगढी नगरपालिकाको वडा नं. ९ मा पर्ने कलेना भोक्रेखोलाबाट कुलोको पानी ल्याएर सिलगढीका बासिन्दा उपभोग गर्ने गरेको स्मरण गराउँदै शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्ट हाल गैरागाउँबाट ल्याईएको खानेपानीले सिलगढीमा निकै सहज भएको र यसलाई सहि व्यवस्थापन गर्न अझैं बाँकी रहेको बताए ।
जीवनका लागि खानेपानी जस्तो महत्त्वपूर्ण विषयमा अनुदान सहयोगको घोषणा गरेकोमा सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष जगत बहादुर खड्काले नगरपालिकाप्रति विशेष धन्यवाद व्यक्त गरे ।
विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा सहभागिहरुलाई सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सदस्य देवेन्द्र गुरुङले मन्तव्यमार्फत स्वागत गरेका थिए ।

Нет описания.

Leave A Reply

Your email address will not be published.