निर्माणाधीन अस्पतालको रिजर्भ ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु

178

असार १६, डोटी ।
डोटीमा निर्माणाधीन सरुवा रोग अस्पतालको पानी ट्याङ्कीमा डुबेर  एक बालकको मृत्यु भएको छ ।
स्थानीयले दिएको जानकारी अनुसार उक्त रिजर्भ पानी ट्याङ्कीमा डुबेर दिपायल सिलगढी नगरपालिका-५ गैराका अमर मलासीका ८ वर्षीय छोरा दीपेश मलासीको मृत्यु हो ।
गोठालो गएका बालक दिपेश घर नफर्किएपछि खोजी गर्दा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटी श्रोतले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.