डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु

2,850

असार २३, डोटी ।

डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु भएको छ।  मृत्युु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ गैरा बस्ने शंकर मलासीकी श्रीमती ३० वर्षे  गङ्गा मलासी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

शनिवार बिहान ३ बजेको समयमा एक तले घरको बल्लीहरु भाचिएर भत्किदा मलासीको च्यापिएर मृत्यु भएको जनाइएको छ । घटना बारे जानकारी पाएलगत्तै  जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमानण्डमा गएको १० जनाको टोलीले स्थानीयको सहयोगमा उद्दार गर्दा बिहान ५:१० बजेतिर मलासीलाई मृत अवस्थामा फेला पारेको थियो ।

घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटाइएको जिप्रका डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.