नेपाल उद्योग तथा व्यवसायी महासंघ डोटीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा बोहरा

726

भाद्र २५, डोटी ।
नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ डोटीको दोस्रो जिल्ला अधिवेशन आइतबार सिलगढीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट राम बहादुर बोहराको अध्यक्षतामा हाललाई १४ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा चेत बहादुर खड्का, सचीवमा चेतन खड्का, उप-सचिवमा द्वय भक्त साउद र शेर बहादुर बोगटी तथा कोषाध्यक्षमा चन्द्रा मलासी चयन भएका छन् ।
त्यस्तै कमिटीको सदस्यमा वेद ओझा, झंकर साउद, बल बहादुर खड्का, युवराज जोशी, दिपकराज जोशी, गणेश रनेनी, जगत साउँद र अञ्जला श्रेष्ठ रहेका छन् ।
बाँकी पदाधिकारी र सदस्यहरु मनोनित गरी कमिटीको आगामी बैठकले पूर्णता दिने एमाले डोटीका सचिव शेर बहादुर मल्लले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.