डोटीको सिमचौरमा पुरुष भलिबल प्रतियोगिता २०८० आयोजना हुँदै

1,034

कार्तिक १३, डोटी ।
डोटीको सिमचौरमा “गाउँपालिका स्तरीय पाँचौ रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता २०८०” आयोजना हुने भएको छ ।
बोगटान फुड्सिल गाउँपालिका, वडा नम्बर १ को कार्यालयको आयोजना यही कार्तिक २२ देखि २४ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. ६५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद रु. ४५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र एवं तेस्रो हुनेलाई नगद रु. २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको बोगटान फुड्सिल गाउँपालिका १ का वडा अध्यक्ष खेम बहादुर मगरले नजर अनलाइनलाई जानकारी दिए ।
त्यस्तै बेस्ट प्लेयरलाई नगद रु. ४ हजार, बेस्ट स्पाइकर, बेस्ट लिब्रो, बेस्ट सर्भर, बेस्ट सेन्टर र बेस्ट ब्लकरलाई नगद रु. २ हजार सहित ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको उनलेे बताए ।
“राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउने टिमलाई अनिवार्य सम्बन्धित वडाको लेटरप्याडमा खेलाडीको नाम दर्ता गराउन र नागरिकता वा अन्य परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपी अनिवार्य रहेकोे आयोजकले जनाएको छ ।
टिम दर्ता कार्तिक १९ देखि २१ गतेसम्म कार्यालय समयमा गराउने व्यवस्था मिलाइएको र दर्ता शुल्क रु.३ हजार ५ सय निर्धारण गरिएको छ ।
गाउँपालिका स्तरीय पाँचौ रनिङ सिल्ड हुन लागेको बोगटान फुड्सिल गाउँपालिकामा जम्मा ७ वटा वडा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.