डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते

1,708

कार्तिक १९, डोटी ।
डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
धनगढीबाट बाजुरा जादै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गए राती करिब साढे दुई बजेतिर केआईसिंह राजमार्ग अन्तरगत शिखर नगरपालिका ६ अण्यौलमा दुर्घटनामा परेको हो ।
बाजुराको गौमुल गाउँपालिका वडा न ०४ काडाकोट बस्ने बर्ष २१ का महेश बुढाले चलाएको उक्त बोलेरो जिप एक्कासी अनियन्त्रित भइ सडकबाट करिब ५०/६० मिटर तल खसेको प्रहरी श्रोतले जनाएको छ ।
दुर्घटनामा परी जिपमा सवार चालक सहित १० जना मध्य ४ जनाको घटनास्थलमै मृत्युु भएको र ५ जना घाइतेलाई उपचारको लागि डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको जनाइएको छ ।
उक्त दुर्घटनामा मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका ५ बस्ने बर्ष २२ कि राधिका मलाल, बर्ष ३२ कि धनशोभा बुढा, बर्ष ६ को कबिन्द्र बुढा र ८ महिनाको बालिका प्रार्थना मलाल रहेको खुलेको छ ।
त्यस्तै घाइते हुनेमा बाजुराको हिमाली गाउँपालिका ५ बस्ने बर्ष २१ कि बिमला मलाल, बर्ष ३० को प्रकाश बुढा थापा, बर्ष २३ को खोम बहादुर मलाल, बर्ष २४ को दान बहादुर बुढा र बर्ष २१ को राज बहादुर मलाल रहेका छन् ।
घाइतेमध्ये बिमला मलालको टाउकोमा र छातिमा चोट लागेको तथा अवस्था गम्भीर रहेकोे छ भने अन्य घाइतेको अवस्था मध्यम रहेको बताइएको छ ।
जीप चालक महेश बुढा प्रहरी चौकी तलकोटमा प्रहरीको नियन्त्रणमा रहेकोे बताइएको छ ।
दुर्घटना बारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक बिपिन भण्डारीको कामाण्डमा ६ जना र ईलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरिक्षक लोक बहादुर पार्कीको कमाण्डमा ट्राफिक सहितको १० जनाको टोली खटिएको थियो । त्यस्तै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवको कमान्डमा १५ जनाको टोली पनि खटिएको थियो ।

Leave A Reply

Your email address will not be published.